नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
  मुख्यमन्त्री पोखरेलद्वारा होली पर्वको शुभकामना   

  मुख्यमन्त्री पोखरेलद्वारा होली पर्वको शुभकामना   

रुपन्देही, २६ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भ्रातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताउनुभएको छ ।    

आज शुभकामना विज्ञप्ति जारी गरी उहाँले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभयो ।    
 

मुख्यमन्त्री पोखरेलले शुभकामनामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै होली ठूला जमघटमा नभई पारिवारिकरूपमा मनाउन आग्रह गर्नुभएको छ ।    
    
 

९ Mar २०२० , ९:४५am
हाम्रो आवाज