नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
कोरोनाको प्रभावले नेपालीहरु नाकाबन्दीको जस्तै सास्ती भोग्दै !  

कोरोनाको प्रभावले नेपालीहरु नाकाबन्दीको जस्तै सास्ती भोग्दै !  

काठमाडौं, १३ चैत : नोवेल कोरोना भाइरसको प्रभावले नेपालका उपभोगकर्ताहरु मारमा परेका छन् ।

नेपाल आयल निगमले फेरि नाकाबन्दीको जस्तै सिलेन्डर आधामात्र भरेर बजारमा पठाउन ग्यास उद्योगीहरुलाई निर्देशन दिएसँगै उपभोगकर्ताहरु मारमा परेका हुन् ।

निगमका एक आधिकारीक व्यक्तिले जानकारी दिए अनुसार उपभोगकर्ताहरुले पहिला १४ किलो २ सय ग्राम पाउँथ्यो तर अहिले भने ७ किलो सय ग्राम मात्र पाउने भएका छन् । 

वि.स. २०७२ सालको नाकाबन्दी जस्तै आधामात्र भरेको ग्यासको सिलेन्डर पाउनु भनेको नेपाली उपभोगकर्ताहरु मारमा पर्नु हो । नाकाबन्दीको बेला हप्तौं दिनसम्म पालोमा बस्नुपर्ने हुन्थ्यो । ठिक त्यस्तै अवस्था यतिबेला पनि आउन सक्ने सम्भावना बढेको छ ।  
 

२६ Mar २०२० , ३:३४pm
हाम्रो आवाज