नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

काठमाडौं, १४ चैत : नेपालमा फेरी एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको । यो सँगै नेपालमा कोरोना संक्रमीतको संख्या ४ पुगेको छ । 

यसअघि नेपालमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। जसमध्ये एक जना निको भएको छ भने हाल दुई जनाको उपचार भइरहेको छ ।

पहिलो संक्रमित चीनबाट आएका विद्यार्थी थिए । उनीबारे दुई महिना अगाडि नै जानकारी आएको थियो । चीनमा अध्ययनका लागि फर्किएका उनी संक्रमित भेटिएपछि उपचार भई घर फर्किइसकेका छन् ।  अर्की १९ वर्षीया किशोरी फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । उनको संक्रमण १० चैत्रमा पत्ता लागेको थियो ।

अर्का व्यक्ति धादिङ स्थायी घर भएका हुन् । उनी ५ चैत्रमा दुबईबाट काठमाडौं आएका थिए । उनलाई काठमाडौं रिफर गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । 

२७ Mar २०२० , १०:३६pm
हाम्रो आवाज