नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २७,३७० पुग्यो

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २७,३७० पुग्यो

काठमाडौं, १५ चैत : कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २६ हजार ३ सय ७० जना पुगेको छ । 

कोरोना संक्रमितको ५,९७,४५८ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ५,९७,४५८ संक्रमित मध्ये १,३३,३७३ जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी संक्रमित संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या १०४,२६५ जना पुगेको छ । त्यहाँ १,७०४ जनाको मृत्यु भएको छ । 

त्यस्तै इटालीमा ८६,४९८ संक्रमित भइसकेका छन् । त्यहाँ ९,१३४ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, चीनमा ८१,३४० जना संक्रमित भइसकेका छन् । त्यहाँ ३,२९२ जनाको मृत्यु भइसकेको छ ।
 

२८ Mar २०२० , १२:०२pm
हाम्रो आवाज