नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
कोरोनाबाट चीन सामान्य अवस्थामा फर्किँदै, खुले ८० प्रतिशत व्यापारिक केन्द्र

कोरोनाबाट चीन सामान्य अवस्थामा फर्किँदै, खुले ८० प्रतिशत व्यापारिक केन्द्र

काठमाडौँ, १५ चैत : कोरोना भाइरसबाट चीन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । यो भाइरस निस्किएको वुहान शहरमा शनिबारदेखि सब–वे सेवा सुरु भएको हो । 

बजार खुलेका छन् भने मानिसहरु बाहिर निस्किन थालेका छन् । ९ सातापछि हुबेई प्रान्तले लकडाउन हटाएको छ । यहाँका ५० प्रतिशत ठूला कम्पनीले आफ्नो काम सुरु गरिसकेका छन् । पूरा चीनमा ९० प्रतिशत ठूला कम्पनीले आफ्नो उत्पादन सुरु गरिसकेका छन् ।

अझै पनि साना तथा मझौला कम्पनी भने अझै आफ्नो काम सुरु गर्न संघर्ष गरिरहेका छन् । तर, मुलुकभरका ८० प्रतिशत व्यापारिक केन्द्र खुलिसकेका छन् । लक्जरी ब्राण्डको स्टोर बाहिर मानिसको भीड देखिन थालेको छ । रेष्टुरेन्ट, होटल, पार्क र जिमहरु सञ्चालनमा आएका छन् ।

त्यसैगरी, कोरोना भाइरस पुनः मुलुकमा फैलिनबाट रोक्न चीनले विदेशीको प्रवेशमा रोक लगाएको छ । पछिल्लो समय चीनमा देखिएका अधिकांश मानिसमा कोरोना भाइरसको संक्रमण देखिएसँगै चीनले यस्तो निर्णय गरेको हो । एजेन्सी

२८ Mar २०२० , ५:००pm
हाम्रो आवाज