नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
चीनबाट ल्याउन लागेको ’निर्यातयोग्य’ नभएको कोभिड–१९ परीक्षण किट बिच बाटैमा रोकिँयो

चीनबाट ल्याउन लागेको ’निर्यातयोग्य’ नभएको कोभिड–१९ परीक्षण किट बिच बाटैमा रोकिँयो

काठमाडौँ, १५ चैत : चीनबाट ल्याउन लागेको ’निर्यातयोग्य’ नभएको स्वास्थ्य सामाग्री बिच बाटैमा रोकिदिएको छ । 

कोरोना भाईरस परिक्षण, रोकथाम तथा उपचारका चीनीयाँ स्वास्थ्य समाग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बिच बाटैमा रोकिदिएको हो ।

गत बुधबार चीनको हृवा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस (कोभिड–१९) को परिक्षण गर्न मिल्ने किट नेपाली दूतावासलाई उपलब्ध गराई यता पठाइएको थियो ।

‘सहयोग सामाग्री तिब्बतको ल्हासा पुगिसकेका थिए,’ आपूर्ति प्रणालीमा संलग्न एक उच्च अधिकारीले भने, ‘चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले तय गरेको कोरोना भाइरस परीक्षणका झण्डै डेढ दर्जन किटभित्रको सूचिभित्रको यो सामग्री नरहेकाले नेपाल बीच बाटैमा चीन सरकारले रोकिदिएको हो ।’

कोरोना परीक्षणका जाँच किटले ३० प्रतिशत विरामीको मात्रै पहिचान गर्न सकेको, रोग लागेपनि ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको र गुणस्तरहीन भएको भन्दै स्पेनले चिनियाँ कम्पनीबाट आपुर्ती भएका सामाग्री फिर्ता गर्ने निर्णय गरिसकेको छ ।
 

२८ Mar २०२० , ६:४४pm
हाम्रो आवाज