नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
लकडाउन अवधि  बढ्ने सम्भावना

लकडाउन अवधि बढ्ने सम्भावना

काठमाडौं, १६ चैत : कोरोना भाईरस संक्रमण रोक्नको लागि गरिएको लकडाउनको अवधि बढाउन आज साँझ ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । 

उच्च स्रोतले दिएको जानकारीअनुसार यही चैत्र १८ गतेसम्मको लकडाउन दुई साता बढाउने तयारी छ । सरकारसँग लकडाउन लम्ब्याउनुको अर्को विकल्प नरहेको एक मन्त्रीले भनेका छन् ।

नेपालमा विदेशबाट आउनेमा कोरोना देखिएकोले सरकारले उच्च सतर्कता अपनाएको छ । नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । एक जना निको भएर घर फर्किएका छन् भने बाँकी चार जनाको उपचार भैरहेको छ । एक जनामा हिजोमात्रै संक्रमण भएको रिपोर्ट आएको थियो । उनलाई काठमाडौं ल्याएर उपचार सुरु गरिने सरकारले जनाएको छ ।

यसअघिपनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गठन भएको उच्चस्तरीय समन्वय समितिमा यसबारेमा छलफल भएको थियो ।

२९ Mar २०२० , २:२८pm
हाम्रो आवाज