नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
लकडाउनले जनतालाई पुगेको असुविधाप्रति भारतीय प्रधानमन्त्री मोदीले मागे माफी

लकडाउनले जनतालाई पुगेको असुविधाप्रति भारतीय प्रधानमन्त्री मोदीले मागे माफी

काठमाडौं, १६ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् ।

प्रधानमन्त्री मोदीले भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति माफी मागेका हुन् ।

आइतबार आफ्नो रेडियो कार्यक्रम मनको कुरा भन्दै मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका हुन् । उनले भने, ‘म तपाईंहरुको समस्या बुझ्छु, तर कोरोना भाइरसविरुद्धको लडाइँमा यसको कुनै विकल्प थिएन ।’

प्रधानमन्त्री मोदीले सबै जनतालाई सुरक्षित राख्नका लागि नचाहेर पनि यस्तो निर्णय गर्नुपरेको बताए । यो संकटमा सहयोग गर्ने सबै मानिसलाई धन्यवाद पनि दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२९ Mar २०२० , ३:०३pm
हाम्रो आवाज