नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ३१,१९१ पुग्यो

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ३१,१९१ पुग्यो

काठमाडौं, १६ चैत : कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३१ हजार ६५ जना पुगेको छ । 

कोरोना संक्रमितको ६,७२,०८६ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ६,७२,०८६ संक्रमित मध्ये १,४३,८७० जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी संक्रमित संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या १२३,७८१ जना पुगेको छ । त्यहाँ २,२२९ जनाको मृत्यु भएको छ । 

त्यस्तै इटालीमा ९२,४७२ संक्रमित भइसकेका छन् । त्यहाँ १०,२३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, चीनमा ८१,४३९ जना संक्रमित भइसकेका छन् । त्यहाँ ३,३०० जनाको मृत्यु भइसकेको छ ।

२९ Mar २०२० , ४:१३pm
हाम्रो आवाज