नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ३४,००० पुग्यो

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ३४,००० पुग्यो

काठमाडौं, १७ चैत : कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३४ हजार पुगेको छ । 

कोरोना संक्रमितको संख्या ७,२३,८६९ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ७,२३,८६९ संक्रमित मध्ये १,५१,८३३ जना संक्रमणमुक्त भएका छन्, भने ५३८,०३६ जना उपचारत छन् ।

सबैभन्दा बढी संक्रमित संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या १४२,७३५ जना पुगेको छ । त्यहाँ २,४८९ जनाको मृत्यु भएको छ । 

त्यस्तै इटालीमा ९७,६८९ संक्रमित भइसकेका छन् । त्यहाँ १०,७७९ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, चीनमा ८१,४७० जना संक्रमित भइसकेका छन् । त्यहाँ ३,३०४ जनाको मृत्यु भइसकेको छ । 

त्यस्तै स्पेनमा ८०,११० संक्रमितको संख्या रहेका छन् । जसमध्ये ६,८३० जनाको मृत्यु भइसकेको छ, भने हाल ५८,५९८ जनाको उपचार भइरहेको छ । हिजो अस्ति भइरहेको जस्तै आज तथा भोली त्यहीँ गतिमा संक्रमित हुनेको संख्या बढ्यो भने कोरोनाको उद्गम स्थल चीनको भन्दा बढी संक्रमितको संख्या पुग्ने छ । 
 

३० Mar २०२० , २:०४pm
हाम्रो आवाज