नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसको संख्या स्पेनमा तिव्रगतिले बढ्दै

विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसको संख्या स्पेनमा तिव्रगतिले बढ्दै

काठमाडौं, १७ चैत : चीनको वुहानबाट फैलिएकोे कोरोना भाइरस स्पेनमा माहामारीको रुप लिएको छ ।

विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसका कारण स्पेनमा ७ हजार ३ सय ४० जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा ८५ हजार १ सय ९५ जना कोरोनाको चपेटामा परिसकेका छन् । जसमध्ये ७ हजार ३ सय ४० जनाले ज्यान गुमाई सके । 

स्पेनमा कोरोना भाइरस तिव्रगतिमा फैलिरहेको छ । साथै ज्यान गुमाउनेको संख्या वृद्धिदर पनि उच्च रहेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै युएसएमा रहेको छ, त्यहाँ संक्रमितको संख्या १ लाख ४२ हजार ७ सय ४६ रहेको छ । जसमध्ये २ हजार ४ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, इटाली कोरोना संक्रमित संख्याको क्रम लिस्टको दोस्रो नम्बरमा रहेको छ । त्यहाँ कोरोना संक्रमित व्यक्तिको संख्या ९७ हजार ६ सय ८९ जना रहेको छ । त्यस्तै स्पेन कोरोना संक्रमित संख्याको क्रम लिस्टको तेस्रो नम्बरमा रहेको छ ।  
 

३० Mar २०२० , ५:०४pm
हाम्रो आवाज