नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
अबिद्जानका स्थानीयले भत्काए कोरोना परीक्षण केन्द्र 

अबिद्जानका स्थानीयले भत्काए कोरोना परीक्षण केन्द्र 

अबिद्‌जान, २४ चैत : आइभोरी कोस्टको अबिद्जानका स्थानीयले नोभेल कोरोना भाइरस परीक्षण केन्द्रको भवन भत्काएका छन् । 

कोरोना भाइरस परीक्षण केन्द्रका कारण स्थानीयलाई कोरोनाको जोखिम बढ्‍ने त्रासका कारण उनीहरुले परीक्षण केन्द्र भत्काएको बताइएको छ । स्थानीयहरुले हामीलाई परीक्षण केन्द्र चाहिँदैन भन्दै निर्माणको चरणमा रहेको परीक्षण केन्द्रको भवन भत्काएका हुन् ।

आइभोरी कोस्टको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले उक्त भवन कोरोना भाइरसको परीक्षणका लागि स्थापना गरिएको बताएका छन् । उनले त्यहाँ कोरोना संक्रमित बिरामीको उपचार नगरिनेसमेत जनाएका छन् । 

अहिले अफ्रिकी मुलुक आइभोरी कोस्टमा कोरोनाले व्यापकता लिइसकेको छैन । त्यसअघि नै परीक्षण व्यापक गरेर संक्रमण नियन्त्रणमा लिने प्रयास भइरहेको छ । हालसम्म यहाँ २६० कोरोना संक्रमित भेटिएका छन् भने तीनजनाको मृत्यु भएको छ । 

अबिद्‌जान अहिले क्‍वारेन्टाइनमा छ भने देशव्यावी कर्फ्यु जारी गरिएको छ । विद्यालय, चर्च र अत्यावश्यक बाहेकका सम्पूर्ण व्यवसयाहरु बन्द गरिएका छन् ।(बीबीसी )

६ Apr २०२० , ४:१७pm
हाम्रो आवाज