नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
भोली र पर्सि (शुक्रबार र शनिबार) काठमाडौं बाहिर जान दिने सरकारको निर्णय

भोली र पर्सि (शुक्रबार र शनिबार) काठमाडौं बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं, २७ चैत : कोरोना भाइरस(कोभिड -१९) का कारण संक्रमण फैलिन नदिन देशभर गरिएको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु भोलि र पर्सि उपत्यकाबाहिर जान पाउने भएका छन् ।

बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउनका कारण लाखौं मानिसहरु काठमाडौमा रोकिएका छन् । उनीहरुलाई भोलि (शुक्रबार) र पर्सि (शनिबार) उपत्यका बाहिर जान दिइने भएको छ ।
उक्त बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

चैत ११ बाट लाग भएको लकडाउन लम्बिएपछि मानिसहरु हिँडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुल्ला गरेको हो ।
 

९ Apr २०२० , ४:२४pm
हाम्रो आवाज