नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
भारतले नेपाल, अमेरिकासहित १३ वटा मुलुकलाई भारी मात्रामा हाइड्रोक्लोरिक्वन उपलब्ध गराउने

भारतले नेपाल, अमेरिकासहित १३ वटा मुलुकलाई भारी मात्रामा हाइड्रोक्लोरिक्वन उपलब्ध गराउने

काठमाडौं, २८ चैत : भारतले छिमेकी मुलुकलाई पहिलो प्राथमिकतामा राख्दै हाइड्रोक्लोरिक्वनका लागि नेपालसहित १३ वटा मुलुकलाई पहिलो सूचीमा क्लियरन्स दिएको छ । भारतले क्लियरन्स दिएसंगै नेपाल, अमेरिकालगायत १३ वटा मुलुकले औलो निको पार्ने हाइड्रोक्लोरिक्वन (कोरोना भाइरसको औषधी) पाउने भएको हो । 

कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको अवस्थामा भारतले (नेपाल, युएस, स्पेन, जर्मनी, भुटान, अफगानिस्तान, मालदिभ्स, बङलादेश, मोरिशस, सेचेलेस, डोमिनिकन गणतन्त्र, ब्राजिल, बहराइन)लाई हाइड्रोक्लोरिक्वन दिने निर्णय गरेको जनाएको छ । हालसम्म कोरोना भाइरसको ओषधीको पत्ता लागेको छैन । अहिले हाइड्रोक्लोरिक्वनलाई नै कोरोनाको लागि बहुउपयोगी औषधीको रुपमा लिएको छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग खोजेका थिए । ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाइड्रोक्सीक्लोरोक्विन ट्याब्लेट उपलब्ध गराउन अनुरोध गरेका थिए । 
 

१० Apr २०२० , १०:३५pm
हाम्रो आवाज