नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
भारतमा ३ मेसम्म लकडाउन लम्ब्याइयो

भारतमा ३ मेसम्म लकडाउन लम्ब्याइयो

काठमाडौं, २ वैशाख : भातर सरकारले लकडाउनको अवधि ३ मे सम्मका लागि बढाएको छ । 
भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लकडाउन बढाउने निर्णय गरेका हुन् । 

यसअघि तीनसाताका लागि घोषणा गरिएको लडकडाउनको अवधि बुधबारबाट सकिँदै थियो ।  उनले थप १९ दिनका लागि भातरभर लडकडाउनको घोषणा गरेका हुन्। 

विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने । 

हालसम्म भारतमा करिब साँढे १० हजार कोरोना संक्रमित रहेको पुष्टि भएको छ भने । ३५० भन्दा धेरैको मृत्यु भएको छ। 

१४ Apr २०२० , १:२४pm
हाम्रो आवाज