नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कोरोना अपडेटः  ज्यान गुमाउनेको संख्या १३५,६६२ पुग्यो 

कोरोना अपडेटः  ज्यान गुमाउनेको संख्या १३५,६६२ पुग्यो 

काठमाडौ, ४ वैशाख : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ६ सय ६२ पुगेको छ । 

पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या २० लाख ९७ हजार १०१ पुगेको छ भने ५ लाख २३ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये १४ लाख ३८ हजार ७४ जना उपचाररत रहेका छन् । 

त्यसैगरी अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ३ सय ४८ पुगेको छ भने मृतकको संख्या २८,५५४ पुगेको छ । स्पेनमा कुल संक्रमितको संख्या १ लाख ८० हजार ६ सय ५९ पुगेको छ भने मृतकको संख्या १८,८१२ पुगेको छ ।  इटालीमा कुल संक्रमितको संख्या १ लाख ६५ हजार १ सय ५५ पुगेको छ भने मृतको संख्या २१,६४५ पुगेको छ । फ्रानसमा कुल संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ६३ पुगेको छ भने मृतकको संख्या १७,१६७ पुगेको छ । जर्मनीमा कुल संक्रमितको संख्या १ लाख ३४ हजार ७ सय ५३ पुगेको छ भने मृतकको संख्या ३,८०४ पुगेको छ । 

यसैगरी भारतमा संक्रमितको संख्या १२ हजार ४ सय ५६ पुगेको छ भने ४२३ जनाको मृत्यु भएको छ । यस्तै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ जसमध्ये एकजना निको भएर घर फर्केका छन् ।

१६ Apr २०२० , ५:४८pm
हाम्रो आवाज