नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दैे, संक्रमण मुक्त हुनेको संख्या चार 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दैे, संक्रमण मुक्त हुनेको संख्या चार 

काठमाडौ, ७ वैशाख : नेपालमा कोरोना भाइरस कोभिड(१९ संक्रमितको संख्या ३१ पुगेको छ भने चार जना संक्रमण मुक्त भएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या चार पुगेको हो । 

यसैगरी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती र  बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार  ६५ वर्षीया महिला डिस्चार्ज भएका थिए । 

यसैगरी नेपालका पहिलो कोरोना बिरामी गत माघमा डिस्चार्ज भएका थिए ।  

मन्त्रालयका अनुसार अहिलेसम्म देशभर पीसीआर विधिबाट ८ हजार ८१ जना र आरडीटी विधिबाट २१ हजार चार सय ८६ जना गरेर कुल २९ हजार ५ सय ९७ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये ३१ जनामा कोरोना पोजिटिभ देखिएको छ ।  
 

१९ Apr २०२० , ७:५७pm
हाम्रो आवाज