नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
नेपालगञ्जमा पहिलोपटक लकडाउन को यथार्थमा पालना

नेपालगञ्जमा पहिलोपटक लकडाउन को यथार्थमा पालना

नेपालगञ्जमा पहिलोपटक लकडाउन को यथार्थमा पालना भएको छ । प्रशासनले चार बजे पछाडि औषधि पसल बाहेक अरु कुनै पनि किसिमको पसल खोल्न नपाउने निर्देशन जारी गरिसकेपछि नेपालगन्जको सडकहरु सुनसान भएका छन् । योभन्दा पहिले नेपालगञ्जमा साँझको ५ बजे पछाडि मानिसहरु कम्मर सोझो पार्न निस्किने गरेका थिए जसले गर्दा धेरै नै भीडभाड हुने गरेको थियो र प्रशासनको लागि कोरोना भाइरसको संक्रमणबाट जनतालाई जोगाउन ठूलो चुनौती पेश हुँदै गरेको थियो । प्रशासनको यो पहलकदमी लाई कतिजना जनताले स्वागत गरेका छन् ।

२१ Apr २०२० , ७:४७pm
हाम्रो आवाज