नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या साढे २८ लाख पुग्यो

कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या साढे २८ लाख पुग्यो

काठमाडौं, १३ वैशाख : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २८ लाख ५० हजार ३ सय ८७ पुगेको छ । 

पछिल्लो तथ्यांक अनुसार, २८ लाख ५० हजार ३ सय ८७ जना संक्रमितमध्ये १ लाख ९८ हजार ७३ जनाको मृत्यु भएको छ भने, ८ लाख १२ हजार ३ यस ३ जना निको भएर घर फर्किएका छन् । 

चीनको वुहान शहरबाट फैलिएको कोरोनालाई विश्व स्वास्थ्य संगठनले ‘विश्व्यापी महामारीको’ संज्ञा दिएसँगै विश्वका सबै देशका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका मुलुकहरु 

१. अमेरिकामा ९ लाख २५ हजार ७ सय ५८ जना कुल संक्रमित रहेका छन् । जसमध्ये ५२,२१७ जनाको ज्यान गएको छ ।

२. स्पेनमा २ लाख १९ हजार ७ सय ६४ जना कुल संक्रमितको रहेका छन् । जसमध्ये २२,५२४ जनाको मृत्यु भएको छ ।

३. इटालीमा १ लाख ९२ हजार ९ सय ९४ जना कुल संक्रमित रहेका छन् । जसमध्ये २५,९६९ जनाको मृत्यु भएको छ ।

४. फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना कुल संक्रमित रहेका छन् । जसमध्ये २२,२४५ जनाको मृत्यु भएको छ । 

५. जर्मनीमा १ लाख ५५ हजार ५४ जना कुल संक्रमित रहेका छन् । जसमध्ये ५,७६७ जनाको मृत्यु भएको छ ।

२५ Apr २०२० , ७:०१pm
हाम्रो आवाज