नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
कोरोना अपडेटः  मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५४ हजारको मृत्यु 

कोरोना अपडेटः  मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५४ हजारको मृत्यु 

काठमाडौं, १४ वैशाख : विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ । त्यस्तै २९ लाख २१ हजार ४ सय ३९ जनामा संक्रमण भइसकेको छ । यस्तै विश्वभर ८ लाख ३६ हजार ९ सय ७८ जना निको भएर घर फर्किसकेका छन् ।

मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ । अमेरिकामा मात्र ५४ हजार २ सय ६५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ६० हजार ८ सय ९६ जनामा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म संक्रमितमध्ये करिब १ लाख १८ १ सय ६२ जना निको भएका छन् ।

यसैगरी स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जनालाई कोरोना संक्रमण हुँदा २२ हजार ९ सय २ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ९५ हजार ७ सय ८ जना निको भएका छन् ।

यूरोपियन मुलुकमध्ये इटालीमा सबभन्दा बढीको ज्यान गएको छ । हालसम्म इटालीमा २६ हजार ३ सय ८४ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै १ लाख ९५ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ६३ हजार १ सय २० जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ८२५ पुगेको छ । २६ हजार ४ सय ९६ जनमा संक्रमण पुष्टि हुँदा ५ हजार ९ सय ३९ जना भने निको भइसकेका छन् ।

कुन देशमा कति ?

अमेरिका
संक्रमित : ९,६०,८९६
मृत्यु : ५४,२६५
निको : ११८,१६२

स्पेन
संक्रमित : २,२३,७५९
मृत्यु : २२,९०२
निको : ९५,७०८

इटाली
संक्रमित : १,९५,३५१
मृत्यु : २६,३८४
निको :६३,१२०

फ्रान्स
संक्रमित : १,६१,४८८
मृत्यु : २२,६१४

निको :४४,५९४

जर्मनी 
संक्रमित :१,५६,५१३
मृत्यु : ५,८७७
निको : १०९,८००

चीन
संक्रमित :८२,८२७
मृत्यु : ४,६३२
निको : ७७,३९४

भारत
संक्रमित : २६,४९६
मृत्यु :८२५
निको : ५,९३९

नेपाल
संक्रमित : ४९
मृत्यु : ०
निको : १२
 

२६ Apr २०२० , ११:२३am
हाम्रो आवाज