नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
थप चार जना संक्रमण मुक्त भएर घर फर्के

थप चार जना संक्रमण मुक्त भएर घर फर्के

काठमाडौं, १४ वैशाख : चार जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । 

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु चौथो र पाँचौ  रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्समध्ये ३५ जना उपचाररत छन् भने १६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

२६ Apr २०२० , ५:०७pm
हाम्रो आवाज