नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
 वैशाख २५ गतेसम्म १० दिनको लागि लकडाउन लम्ब्याउने सरकारको निर्णय

 वैशाख २५ गतेसम्म १० दिनको लागि लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, १४ वैशाख : नेपाल सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । 

आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय १० दिन थप गर्दै वैशाख २५ गतेसम्म पुर्‍याएको हो। 

यसअघि वैशाख १५ गतेसम्म गरेको लकडाउन भोली सोमबार सकिँदै थियो । 

तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

२६ Apr २०२० , ९:३०pm
हाम्रो आवाज