नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
कोरोना अपडेटः विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो, दुई लाख बढिको मृत्यु

कोरोना अपडेटः विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो, दुई लाख बढिको मृत्यु

काठमाडौ, १७ वैशाख : विश्वभरमा कोराना भाईरस संक्रमणको संख्या ३१ लाख ४६ हजार १ सय ३९ पुगेको छ भने २ लाख १८ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । 

पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ९ लाख ६१ हजार ५ सय ४१ जना निको भएकर घर फर्केका छन् भने १९ लाख ६६ हजार ४ सय ६३ जना उपचाररत छन् । 

अमेरिकामा कुल संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ पुगेको छ भने ५९ हजार २ सय ६६ जनाको मृत्यु भएको छ । 

त्यसैगरी नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना निको भएर घर फर्केका छन् ।

२९ Apr २०२० , १:५४pm
हाम्रो आवाज