नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
नेपालगन्जमा  १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

नेपालगन्जमा १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं, २१ वैशाख : बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको पीसीआर  विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबार साँझ नेपालगन्जका १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु सबैको भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगन्जमा पाँच पुरुष र चार महिला गरेर ९ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी गराएका थिए । यो सँगै  नेपालगन्जमा एक्कै दिन १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।  नयाँ  संक्रमित  थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । १६ जना भने निको भएका छन् । 

३ May २०२० , ८:५७pm
हाम्रो आवाज