नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
लगातार पानी परेपछि उपत्यकामा चिसो महशुस

लगातार पानी परेपछि उपत्यकामा चिसो महशुस

काठमाडौं, २२ वैशाख : सोमबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा हावाहुरीसहित पानी परिरहेको छ । लगातार पानी परेपछि उपत्यकामा चिसो महशुस गरिएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमानका अनुसार मौसम सोमबार र मंगलबार सक्रिय रहनेछ भने बुधबार भने कम हुनेछ ।  देशका केही स्थानमा मेघगर्जनसहित चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

४ May २०२० , ३:४१pm
हाम्रो आवाज