नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १,३९५ पुग्यो  

भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १,३९५ पुग्यो  

काठमाडौं, २२ वैशाख : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितबाट ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ३ सय ९५ पुगेको हो ।

भारतमा कोरोनाका बिरामी पनि थपिइरहेका छन् । पछिल्लो प्राप्त विवरणअनुसार, यहाँको कुल कोरोना संक्रमित संख्या ४२ हजार ६ सय ७० पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या १२ हजार नौ सय ७४ पुगेको छ भने पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा पाँच हजार चार सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ९० जनाको मृत्यु भइसकेको छ । मध्ये प्रदेशमा पनि दुई हजार आठ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ५६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्या दुई हजार ६ सय ४५ पुगेको छ भने ४३ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि नौ सय ६३ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म पाँच सय तीन जनामा भाइरसको संक्रमण देखिँदा चारजनाको मृत्यु भइसकेको छ ।

४ May २०२० , ३:४९pm
हाम्रो आवाज