नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
राहत वितरणको क्रममा प्रहरी र स्थानीयबीच झडप, 

राहत वितरणको क्रममा प्रहरी र स्थानीयबीच झडप, 

जनकपुरधाम, २२ वैशाख : सिराहाको मिर्चेयामा राहत वितरणका क्रममा सोमबार प्रहरी र स्थानीय वासिन्दाबीच झडप भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिनदेखि विपन्न परिवाललाई राहत वितरण गरिँदै आएको छ । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी बिनोद घिमिरेले हो हल्ला गर्नेहरुले ढुँगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गर्नुपरेको बताए ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए । अहिले यहाँको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

४ May २०२० , ५:३६pm
हाम्रो आवाज