नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
नेपालगञ्ज वडा नम्बर १६ मा कोरोना परीक्षण

नेपालगञ्ज वडा नम्बर १६ मा कोरोना परीक्षण

नेपालगन्ज उपमहानगरपालिकाका वडाहरुले कोरोना परीक्षणको क्रमलाई निरन्तरता दिँदै आज वडा नम्बर १६ को जयसपुर भन्नेे ठाउँमा कोरोना को परीक्षण भएकोछ । यसमा झण्डै सय जनाको परीक्षण भएकोछ ।

यो परिक्षणको क्रममा नेपालगन्जको भन्सारमा भारतबाट सामान बोकेर आएको ट्रकमा सामान चढाउने तथा ओराल्ने तथा हाल जयसपुरमा बसोबास गर्दै आइरहेका मजदुरहरु मध्ये  ५ जना जतिको परीक्षण पनि समावेश गरिएको छ । हालैमात्र प्राप्त भएको सूचनाअनुसार यस्ता ५० जना मजदुरहरु हालै जयसपुरमा बसोबास गरिरहेका छन् र उनीहरु उच्च जोखिममा भएको हुनाले उनीहरूको आगामी दिनमा परीक्षण हुन आवश्यक देखिएको छ । आजको परिक्षणको  क्रममा नेपालगन्ज मेडिकल कलेजमा नर्सिङ पढिरहेका छात्राहरु पनि स्वयंसेविकाको रुपमा परीक्षण गर्ने टिमको साथ खटेका थिए । 

आज भएको परीक्षणको क्रममा यस वडाका वडा अध्यक्ष हनीफ अन्सारी ले आफ्नो पनि कोरोना परीक्षण गराएका छन् । आजको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द तथा मुस्लिम आयोगका अनुगमन समिति सदस्य शक्ति कुमार वंशकार अब्दुल कविको पनि उपस्थिति रहेको थियो । दुबैजनाले अब वडाका जनप्रतिनिधिहरुले अगाडि बढेर आ-आफ्नो वडामा कोरोना परीक्षण गराउनु सकारात्मक कदम भएको तथा यो कदम नेपालगन्ज वासीहरुको सुरक्षाका लागि  महत्वपूर्ण कदम भएको टिप्पणी गरेका छन् । 

११ May २०२० , १२:३२pm
हाम्रो आवाज