नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
नेपालमा एकै दिन ५७  जनामा संक्रमण,  संक्रमितको सख्या १९१ पुग्यो

नेपालमा एकै दिन ५७ जनामा संक्रमण, संक्रमितको सख्या १९१ पुग्यो

काठमाडौं, ३० वैशाख : नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९)  देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । 

कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता ड. समिर कुमार अधिकारले जनाएका छन् ।स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना जितेर ३१ जना घर फर्किसकेका छन् । बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचारत छन् । उनीहरुको स्वास्थ्य अवस्था  सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन् ।

१२ May २०२० , २:३८pm
हाम्रो आवाज