नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
जेठ २० गते मध्यरातसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

जेठ २० गते मध्यरातसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, ५ जेठ : सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्म थियो ।

१८ May २०२० , १२:२१pm
हाम्रो आवाज