नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
कालीमाटी वृत्तका दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि 

कालीमाटी वृत्तका दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, ७ जेठ : कालीमाटी वृत्तका दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि  भएको छ । 

कोरोना पुष्टि भएपछि प्रहरी मुख्यालयले बुधबार मातहतका सबै कार्यलय र इकाइलाई उच्च सतर्कता अपनाउन लिखित सर्कुलर जारी गरेको हो । 

कोरोना भाइरसको जोखिमबाट बचेर काम गर्न र कर्तव्य निर्वाहको क्रममा उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बताए । उनले भने,‘संक्रमण रोकथामका सबै सम्भव उपाय अपनाएर जिम्मेवारी निर्वाह गर्न भनेका छौं ।’

प्रहरीले आफ्नो स्वास्थ्यलाई समेत ख्याल गरेर संवेदनशील भएर काम गर्न मुख्यालयले सबै सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।  

२० May २०२० , २:४५pm
हाम्रो आवाज