नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

काठमाडौ, ७ जेठ : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

कोरोना पोजिटिभ देखिएका गुल्मीको मदाने गाउँपालिका - १ का ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएका उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुष्टि गरेका छन् ।

संक्रमितको पारिवारिक स्रोतले समेत उनको मृत्यु भएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । तर अस्पतालले औपचारिक जानकारी भने दिएको छैन। स्वास्थ्य मन्‍त्रालयमा रिपोर्ट पठाएर औपचारिक पुष्टि गर्नुपर्ने भएकोले ढिलाइ भएको स्रोतले बतायो ।

यस अगाडि बाँके र सिन्धुपाल्चोकमा एक/एक जनाको कोरोनाको कारण मृत्यु भएको थियो । 

२० May २०२० , २:५८pm
हाम्रो आवाज