नेपाली समय:

वि.सं २०८० चैत्र ६   मंगलवार

EnglishEN
सूचना को हक र सुशासन' बिषयक अभिमुखी करण कार्यक्रम को आयोजना 

सूचना को हक र सुशासन' बिषयक अभिमुखी करण कार्यक्रम को आयोजना 

नेपालगंज.असार ९- सूचना को महत्त्व र नागरिक को मौलिक हक को उपभोग लाई मध्यनजर गरि नेपालगंज उप महानगर पालिका वड़ा न ७ र सूचना र मानव अधिकार अनुसंधान केंद्र नेपालगंज बाँके द्वारा सुनाखारी कॉटेज मा सूचना को हक र सु शासन भन्ने बिषय मा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।आयोजित उक्त कार्यक्रम मा  सूचना को हक र सुशासन भन्ने बिषय मा सर्वसाधारण मा चेतना मूलक बिकास लाई प्राथमिकता दिएको थियो ।
उक्त कार्यक्रम मा नेपालगंज उ.म.न.पा वड़ा न.७ का प्रमुख जुम्मन खा,आई एच् आर सी का पदाधिकारी अधिवक्ता विश्वजीत तिवारी, नेपालगंज उ.म.न.पा का कानूनी सल्लाह कार अधिवक्ता लोकबहादुर साह राजनीतिक दल का नेता समाजसेवी तथा बुद्धिजीवी हरु को सहभागिता रहेको थियो ।

सुशासन ,पारदर्शिता, भ्र्ष्टाचार नियंत्रण जस्ता बिषय का लागि सूचना को हक सबै ले जानेको हुनुपर्ने भनाइ कार्यक्रम मा सहभागी वक्ता हरु को थियो । 

बिशेष रुपमा वड़ा न. ७ का वड़ा वासी हरु मा सूचना को हक र सुशासन भन्ने बिषय मा जानकारी गराउने उद्देश्य ले वड़ा न. ७ द्रा आयोजित यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण कार्यक्रम हरु मध्य एक र प्रभावकारी कार्यक्रम भएको कार्यक्रम मा बोल्ने वक्ता हरुले जानकारी दिएका छन ।

२३ Jun २०२० , ८:१८pm
हाम्रो आवाज