मुस्लिम आयोग लाई संसदीय समिति को निर्देशन ,मदरसाहरु को अभिलेखीकरण अपरिहार्य
असार-२१--काठमाण्डौ -मुस्लिम समुदाय लाई राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक बिभिन्न क्षेत्र मा मुलपरवाहिकरण मा ल्याउन मदरसा हरु को अभिलेखीकरण गर्नु पर्ने संसदीय समिति ले मुस्लिम आयोग लाई निर्देशित गरेको छ ।
प्रतिनिधि सभा को महिला तथा सामाजिक समिति को आइतबार बसेको बैठक ले चालू आर्थिक वर्ष मा मुस्लिम आयोग द्वारा गरिएको काम काज लाई मध्य नजर गर्दै उक्त निर्देशन गरिएको छ ।
समुदाय भित्र रहेका कुरीति,कुप्रथा लाई नियंत्रण र न्यूनीकरण गर्दै मदरसा शिक्षा संबंध मा स्पष्ट नीति अवलंबन गर्ने गराउने उद्देश्य का साथ मुस्लिम आयोग लाई उक्त निर्देशन दिइएको छ ।