नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
संक्रमणको उच्च जोखिममा बाँके, आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी

संक्रमणको उच्च जोखिममा बाँके, आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी

असलम खान - बाँके -१५ 

बाँके जिल्लामा कोरोना  संक्रमित को संख्या बढेसँगै संक्रमणको जोखिमबाट बच्न पुन:निषेधाज्ञा (लकडाउन) को आदेश जारी गरिएको छ  ।  जिल्लास्तरीय केभिड १९ संकट व्यस्थापन केन्द्रको आज बसेको आपातकालीन बैठकबाट उक्त निर्णय गरिएको छ ।

आज बिहिवार एकैदिन २७ जना संक्रमित थपिए संगै जिल्ला प्रशासन कार्यालय बाँके ले आइतबार देखी ३ दिन सम्म निषेधाज्ञा को आदेश जारी गरेको छ ।

जिल्लामा संक्रमण बढ्दै गएकोले संक्रमणलाई अझ फैलिन नदिन यसको रोकथाम ,नियंत्रण र व्यस्थापनलाई मध्यनजर गरि आइतबारदेखि तीन दिन सम्मको लागि निषेधाज्ञा जारी गरेको बाँके का प्र.जि.अधिकारी कुरूमवांगले जानकारी दिएका छन् ।
 
अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन नपाउने गरि आदेश जारी गरिएको उनले बताए । यसका साथै अत्यावश्यक काम बाहेक बाहिर निस्कनेलाई पक्राउ गरि कारवाही गरिने जानकारी समेत गराएका छन् । 

३० Jul २०२० , १०:०२pm
हाम्रो आवाज