नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
कोभिड–१९ संक्रमित व्यक्ति लोकसेवा आयोग को परीक्षा मा सहभागी हुन नपाउने

कोभिड–१९ संक्रमित व्यक्ति लोकसेवा आयोग को परीक्षा मा सहभागी हुन नपाउने

 

काठमाडौँ -- हाल मुलुक मा संक्रमित को संख्या मा भएको बढ़ोत्तरी लाई मध्यनजर गर्दै लोक सेवा आयोगद्वारा संचालन हुने परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने निर्णय गरिएको छ । लोक सेवा आयोग द्वारा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गरि कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको छ।
रिक्त रहेका पद पूर्ति गर्न नयाँ विज्ञापन खुलाउन तथा स्थगित परीक्षा लाई पुनः संचालन गर्न सरकार को आग्रह पश्चात लोक सेवा आयोग ले परीक्षा संचालन को तयारी गरिरहेको छ ।

गत वैशाखदेखि रोकिएको लोक सेवाको  परीक्षा यसै महिना सुरु हुँदै छ । असोजमा सहसचिव र उपसचिव, कात्तिकमा शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने तैयारी मा रहेको छ ।

प्रथम चरणको परीक्षा सम्पन्न भएर परिणामसमेत आइसकेका विभिन्न तहको दोस्रो चरणको लिखित परीक्षासमेत आयोगले संचालन गर्ने तैयारी मा जुटेको छ । आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परिक्षा संचालन गर्ने तैयारी गरेको छ। त्यसका लागि एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी उपस्थित हुनेछन् । एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

आयोग अध्यक्ष उमेश मैनालीले विशेष स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा सञ्चालनको तयारी गरिएको जनाएका छन । उनले विद्यार्थी स्वयंले आफूलाई संक्रमण भए–नभएको घोषणा गर्नुपर्ने जानकारी दिएका छन । संक्रमण को दर बढ्दै गएको अवस्था मा लोकसेवा आयोग द्वारा गरिएको यस निर्णय ले जनस्वास्थ्य को बिषय मा संवेदन शीलता देखाएको छ, भने आयोग को यस निर्णय ले परीक्षा मा सहभागी हुन न पाउने परीक्षार्थि हरु चिंतित भएका छन ।

१२ Oct २०२० , ९:१८pm
हाम्रो आवाज