नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
बाँके प्रहरी को विशेष सुरक्षा योजना अंतर्गत  क्यु. आर. टी परिचालन

बाँके प्रहरी को विशेष सुरक्षा योजना अंतर्गत क्यु. आर. टी परिचालन

बाँके- चाडपर्व को आगमन लाई मध्य नजर गरी जिल्ला मा शांति सुरक्षा लाई प्रभावकारी ढंग ले  अगाडि बढाउन जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना,  दुर्घटनाबाट सर्वसाधारणलाई जोगाउन चाड पर्व लाई लक्षित गरी पर्व विशेष सुरक्षा योजना अन्तरगत  बाँके प्रहरी प्रशासन ले नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’  (कुइक रिस्पॉन्स टीम )प्रहरी गस्ती परिचालन गरेको छ  ।
चाड पर्व को बेला अपराधिक क्रिया कलाप मा बढ़ोत्तरी हुने हुनाले संभावित अपराधिक क्रियाकलाप लाई निरुत्साहित गर्न क्यु. आर .टी कुइक रिस्पॉन्स टीम परिचालन गरिएको बाँके प्रहरी ले जनाएको छ ।

जिल्लामा अपराधलाई निरुत्साहित गर्न र समय मा घटना स्थलमा पुग्न क्यु आर टी परिचालन गरिएको छ । बाँके प्रहरी को विशेष सुरक्षा योजना अंतर्गत  क्यु. आर. टी परिचालन गरिएको बाँके प्रहरी ले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख  ओमबहादुर रानाले नेपालगञ्जको धम्बोझी चोकबाट आज साँझ  क्विक रिस्पोन्स टिमलाई परिचालन गरेका हुन । जिल्लामा  ३० र  नेपालगञ्जमा १६ वटा मोटरसाईकल क्विक रिस्पोन्स टिम परिचालन गरिएको जानकारी गराएका छन ।
छिटो छरितो ढंग बाट सुरक्षा प्रदान गर्न विशेष सुरक्षा योजना अंतर्गत उक्त टीम परिचालन गरिएको  जानकारी दिएका छन ।

१२ Oct २०२० , ९:२२pm
हाम्रो आवाज