नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कोभिड-१९ संक्रमण  तीव्र गति ले बढ्दै २४ घण्टा मा ५७४३ संक्रमित थपिए

कोभिड-१९ संक्रमण  तीव्र गति ले बढ्दै २४ घण्टा मा ५७४३ संक्रमित थपिए

काठमाण्डौ --५-- कार्तिक

नेपालमा कोभिड-१९ संक्रमित को संख्या ले तीव्र गति लिएको छ। २४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको छ । यसका साथै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन।

हाल सक्रिय संक्रमित को संख्या ४४ हजार भन्दा माथि रहेको छ।  मन्त्रालय द्वारा प्राप्त जानकारी  अनुसार अस्पताल आइसोलेसनमा १४ हजार ६७६ जना रहेका छन् भने होम आइसोलेसनमा २०हजार ८ सय जना रहेका छन।

स्वास्थ्य मन्त्रालय द्वारा प्राप्त जानकारी अनुसार पछिल्लो २४ घन्टामा २० हजार ११८ नमूनाको पीसीआर परीक्षण भइसकेको छ। बुधबार २९ सय ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ,भने हाल आइसीयूमा २६९ जना उपचाररत छन ।

२२ Oct २०२० , १:३३am
शक्ति कुमार बंसकार