नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सील गरिएको क़ब्रिस्तान पुनः खोलियो

सील गरिएको क़ब्रिस्तान पुनः खोलियो

कैलाली १५ — जिल्ला प्रशासन कार्यालय कैलाली द्वारा  बिहीबार धनगढ़ी १ स्थानीय तह द्वारा सील गरिएको मुस्लिम समुदाय को कब्रिस्तान हाल पुनः खोलिए को  छ।

उक्त कब्रिस्तानमा बिहीबार एक जना कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दा स्थानीयले विरोध गरेका थिए । स्थानीयको दबाबमा धनगढी सम्बंधित वडा कार्यालयले कब्रिस्तान सिल गरेको थियो ।
कब्रिस्तान सिल गर्दा शुक्रबार १ जना ५० वर्षीय मोहम्मद जमशाद को अन्तिम संस्कार रोकिएको थियो । अन्तिम संस्कार रोकिए पछि शनिबार बिहान स्थानीय मुस्लिम समुदाय विरोध गरेपश्चात सील हटाइएको छ । स्थानीय मुस्लिम समुदाय द्वारा आफनो धार्मिक परम्परा अनुसार कव्रिस्तानमै अन्तिम संस्कार गर्न न पाए पछि विरोध भएको थियो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले स्थानीयउक्त कब्रिस्तान मा गर्दै आएको दाह संस्कार लाई मध्यनजर गर्दै धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्न पाउनेगरी स्थानीय तह द्वारा लगाइएको सील लाई तत्काल तोडी उत्पन्न बिबाद को समाधान भएको जानकारी गराएका छन  ।
 

३१ Oct २०२० , ६:३५pm
हाम्रो आवाज