नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
पछिल्लो २४ घण्टामा २५०८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २५०८ संक्रमित थपिए

कार्तिक १५ -काठमाडौं : बितेको २४ घण्टामा नेपालमा २५ सय आठ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस सँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।

एक दिन मा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।

३१ Oct २०२० , ६:३८pm
हाम्रो आवाज