नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
दुर्लभ वन्य जंतु रेड पाण्डा को छाला सहित ४ जना पक्राउ

दुर्लभ वन्य जंतु रेड पाण्डा को छाला सहित ४ जना पक्राउ

बाँके -१८-कार्तिक
असलम खान - कोहलपुर को राप्ती होटल बाट रेड पांडा को छाला सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्ने मा सुर्खेत बराहताल गाउँपालिका ५ का  गणेश नेपाली सोही गाउँपालिका ५ का उमेश बहादुर थापा जिल्ला दैलेख चमुण्डा विन्द्रासैनी नगरपालिका ५ बस्ने दिनेश कार्की र सोही  नगरपालिका ५ का उमेश बहादुर थापा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँके बाट खटीएको विशेष प्रहरी टोलीले
कोहलपुर नगरपालिका वड़ा नंबर ११ स्थित राप्ती होटल बाट चारै जना लाई पक्राउ गरेको छ । करीब ९:०० बजे को समय मा बाँके प्रहरी ले प्राप्त गरेको सूचना को आधार मा उक्त होटल को खान तलासी लिंदा होटेल को कोठा न ४ बाट छाला सहित चारै जना लाई पक्राउ गरिएको छ ।


होटल को कोठा मा नीलो झोला भित्र राखिएको अवस्था मा दुर्लभ रेड पाण्डा को छाला फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ । साथै फेला पारिएको छाला नियंत्रण मा लिई अनुसन्धान भैरहेको जानकारी समेत प्राप्त भएको छ ।

३ Nov २०२० , १०:२६pm
हाम्रो आवाज