नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
नेकपा सचिवालय बैठक : मंसिर १३ गते अर्को बैठक बस्ने निर्णय

नेकपा सचिवालय बैठक : मंसिर १३ गते अर्को बैठक बस्ने निर्णय

काठमाडौँ,मंसिर-३, बुधवार 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । पार्टीभित्र देखिएको संकट र त्यसको निवारणका लागि यसअघि प्रस्तुत सबै प्रस्ताव र ओलीले ल्याउने प्रस्तावमा समेत आगामी बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । १३ गतेको बैठकमा ओली र यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र अन्य प्रतिवेदनहरुमाथि छलफल हुनेछ ।
यस्तै यसअघि मंसिर १५ गतेका लागि सारिएको केन्द्रीय कमिटी बैठक पुनः १० दिन पर सारिएको छ । बैठक २५ गते बस्ने निर्णय नेकपा सचिवालयले गरेको हो । केन्द्रिय कमिटी बैठक अघि मंसिर १८ गते स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।

१८ Nov २०२० , ११:०५pm
हाम्रो आवाज