नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
किर्ते नागरिकता सिफारिस गरेका वड़ा अध्यक्ष सहित पाँच जना माथि कडा कारवाही 

किर्ते नागरिकता सिफारिस गरेका वड़ा अध्यक्ष सहित पाँच जना माथि कडा कारवाही 

मंसिर १२ -बागलुङ —   किर्ते नागरिकता सिफारिस गरेको भन्दै वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । एउटै व्यक्तिले अभिभावक  फेरबदल गरी  दोहोरो नागरिकता लिएको आरोप मा किर्ते गरेको प्रमाणित भएपछि जिल्ला अदालत बागलुङ द्वारा पक्राउ पुर्जी जारी गरिएको हो ।

बागलुङ नगरपालिका वड़ा न.४ का अध्यक्ष ध्रुवबहादुर केसीसहित ५ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ जसमध्ये वडा सचिव प्रेमबहादुर खडका र उक्त नागरिकता का लागि साक्षी बसेका ३० वर्षीय संतोष आचार्य मात्र  पक्राउ परेका छन भने, अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जनाएका छन ।

यस्तै बागलुङ नगरपालिका वड़ा न ६ का पंकज सापकोटा लाई दुई वर्षअघि  अभिभावकसमेत फेरेर किर्ते नागरिकता बनाएको आरोप मा परेको उजुरीपछि सापकोटालाई गत मंगलबार प्रहरीले पक्राउ गरेको थियो । सापकोटाको बयानपछि अदालतले सापकोटाका बाबु गुरुदत्त र स्थानीय महेन्द्र सापकोटालाई पनि पक्राउ पुर्जी जारी गरेको छ । तर यी दुबै जना हाल फरार रहेका छन ।

२७ Nov २०२० , ९:०९pm
हाम्रो आवाज