नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
सिक्टा सिंचाई आयोजनाको संरचना भत्किन्दै

सिक्टा सिंचाई आयोजनाको संरचना भत्किन्दै

झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन् ।
राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर निर्माण भैसकेको छ । तर पूर्ण रुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतिहरु समान गर्नुपरेको छ । नहरको पुलमा लगाएका ¥यालिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका चुनौति समाना गर्नुपरेको छ । सिक्टा सिंचाई आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहर भित्र बनाइएका स्याल्यापहरु मटोमा भासिने भएको हुनाले पनि काम गर्न समस्या भइराखेको बताउनुभयो । 
सिक्टा नहरमा खास गरेर घुलनसिल माटो भएको कारणले नहरको संरचना भत्किने गरेको छ । यस्तै जंगलको बाटो भएकै कारणले पानी खेत सम्म पुगउन गाह्रो भएको थियो । तर पनि पानी ल्याउन सफल भएको अयोजनाका इन्जिनियर नरेस पाण्डेले बताउनु भयो । 
सिक्टा सिंचाईको ठुलो शाखाको रुपमा रहेको डुडुवा नहरमा अव्यवास्थीत रुपले नहरमा पुल निर्माण र ढल निकास बनाएपछि खेतमा पानी पुर्याउन थप जटिल देखिएको छ । सिक्टा सिंचाई अयोजना बाँकेको पहलमा काम भइराखेपनि स्थानीय निकायहरु भने मौन देखिन्छन् । 

१२ Dec २०२० , ९:३०pm
हाम्रो आवाज