नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि शिक्षा मन्त्रीको निजी इमेलमा दरखास्त दिनुपर्ने!

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि शिक्षा मन्त्रीको निजी इमेलमा दरखास्त दिनुपर्ने!

काठमाडौं  : काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि इच्छुकहरूलाई दरखास्त आह्वान भएको छ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि हालै ‘सर्च कमिटी’ बनाएका थिए।

सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा सर्च कमिटी बनेको छ। उक्त कमिटीले उपकुलपति नियुक्तिका लागि व्यक्तिगत विवरण मन्त्रीको निजी इमेलमा पठाउन सूचना निकालेको छ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर उपकुलपति नियुक्तिका लागि इच्छुक र योग्य व्यक्तिले पुस २७ गतेभित्र सर्च कमिटीका अध्यक्ष शिक्षामन्त्री श्रेष्ठको व्यक्तिगत इमेलमा विवरण पठाउन भनेको छ।

काठमाडौं  विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजूको कार्यकाल माघमा सकिँदैछ। उनी फेरि अर्को कार्यकालका लागि पनि दौडमा छन्।

तर उनीमाथि विश्वविद्यालयमा अनियमितताको आरोप छ। उनले आरोप अस्वीकार गर्दै आएका छन्।

डा. गोविन्द केसीले अनियमिततामा जोडिएका व्यक्तिलाई उपकुलपति बनाउन नहुने बताइरहेका छन्।

यस्तो छ सूचना:

६ Jan २०२१ , ११:०३am
हाम्रो आवाज