नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
सिराहामा जारी गरिएको वरियताक्रमलाई लिएर जसपामा विवाद

सिराहामा जारी गरिएको वरियताक्रमलाई लिएर जसपामा विवाद

जनकपुरधाम, माघ २ | जनता समाजवादी पार्टीको सिराहामा हुन लागेको आमसभाका लागि जारी गरिएको वरियताको विषयलाई लिएर विवाद हुँदा तलमाथि भएपछि जसपाकै नेता कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन्। 

आफूहरूको जिल्लाबाट प्रतिनिधि सभा सांसदमा निर्वाचित तत्कालीन राजपा नेपालका अध्यक्ष मण्डलका नेता राजकिशोरलाई प्रोटोकोलमा तल पारेपछि जसपाका जिल्ला नेता राजराम यादवले पार्टीका वर्तमान अध्यक्ष उपेन्द्र यादवलाई फोन गरी कालो झण्डा देखाउने चेतावनी दिएका छन्। 

उक्त फोन रेकर्ड अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। 
अध्यक्ष यादव जिल्ला नेता राजारामसँग फोनमा नराम्ररी प्रस्तुत भएपछि  वरियता नमिलाए कालो झन्डा देखाउँदै कार्यक्रमसम्म बहिष्कार गर्ने चेतावनी दिएका हुन्। 

जनता समाजवादी पार्टीले आफ्नो निर्धारित कार्यक्रम अनुसार माघ ३ गते शनिबार सिराहामा विरोध कार्यक्रम गर्न लागेको छ। तर जसपा अध्यक्ष यादव पूर्व राजपा पक्षलाई पेल्दै कार्यक्रममा वरियता मिच्न थालेपछि कार्यक्रम विवादित बनेको स्थानीय नेता कार्यकर्ताहरूले बताएका छन्। 

पार्टी वरियता क्रममा महेन्द्र यादवभन्दा तल रहेका राजकिशोर यादवलाई उनकै गृह जिल्ला सिराहाको कार्यक्रममा समेत तल पारिएपछि विवाद उत्पन्न भएको हो। जबकि राजकिशोर यादव पार्टीको वरियतामा रेणु यादव, प्रकाश अधिकारी र विजय यादवभन्दा माथि छन्।

सिराहामा हुन लागेको विरोधसभामा पहिलो वरियतामा रेणु यादवलाई राखिएको छ भने  दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राखिएको छ। त्यसपछि मात्रै चौथो नम्बरमा नेता राजकिशोर यादवलाई राखिएको छ। माथि वरियतामा राखिएका तीनै जना अध्यक्ष उपेन्द्र यादव पक्षधर हुन्। 
जसपाका नेता वरियताक्रम मिचेर मधेश आन्दोलनको मर्म र असली कार्यकर्तालाई अपमानित गर्न खोजिएको उनीहरूले आरोप लगाएका छन्। 

१५ Jan २०२१ , ५:११pm
हाम्रो आवाज