नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक मृत्यु, दुई घाइते

सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक मृत्यु, दुई घाइते

काठमाडौं, माघ १० | सप्तरीको बोदेबरसाइन नगरपालिका-२ विष्णुपुरमा तीन जना चढेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरी छन्। उनी मोटरसाइकलको बीचमा बसेका थिए।

विष्णुपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश न.२-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।

उनका अनुसार दुर्घटनामा चालक २७ वर्षीय सनी चौधरी र पछाडि बसेका १८ वर्षीय दिवेश चौधरी घाइते छन्। तिनै जना सख्त घाइते भएकोमा उपचारको युनिक अस्पताल रुपनीमा लगिएकोमा सुदीपको मृत्यु भएको थियो।

घाइते रहेका सनि र दिवेशको दुबैको युनिक अस्पतालमा उपचार भइरहेको छ।

मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ।

यस्तै, शुक्रबार राति नै  नवलपरासी (पूर्व)कावासोति नगरपालिका-८ खर्कटास्थित जंगलमा ना२२प ६५५५ मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कावासोती-३ का २४ वर्षीय हेमराज थापा र वडा नं. ८ का २६ वर्षीय को सुनिल जैसवाल छन्। सख्त घाइते भएका उनीहरूको मध्यबिन्दु जिल्ला अस्पताल डणडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

२३ Jan २०२१ , ११:१४am
हाम्रो आवाज