नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
डोनाल्ड ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगमाथि सुनुवाइ

डोनाल्ड ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगमाथि सुनुवाइ

एजेन्सी | भर्खरै सत्ता छाडेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगमाथि सुनुवाइ हुने भएको छ। यसबारे प्रक्रिया भने आजै अर्थात् सोमबारबाट सुरु हुने जनाइएको छ।

संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटेटिभले महाभियोगको प्रतिलिपि माथिल्लो सिनेटमा पेस गर्नेछ। यसपछि, दुवै सदनले महाभियोगका लागि तयारी सुरु गर्दछ।

अमेरिकी लोकतन्त्रको २ सय ३१ वर्षे इतिहासमा एकै राष्ट्रपतिलाई दोस्रो पटक महाभियोगको सामान गर्न लागेको यो पहिलो पटक हो।

हाउस अफ रिप्रिजन्टटेटिभमा यसबारे प्रस्ताव पारित भइसकेको सदनका बहुमतप्राप्त नेता चक सुमरले यसबारे जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

अमेरिकी इतिहासमा पहिलोपटक डेमोक्रयाटिक पार्टीका एन्ड्रयु जोनसनले महाभियोग प्रस्ताव सामना गरेका थिए। पछि १८६९ मा डेमोक्रेट पार्टीले चुनावमा हार बेहोरेपछि रिपब्लिकन पार्टीका उम्मेदवार जनरल युलिसिस एस ग्रान्ट राष्ट्रपति बनेका थिए।

अमेरिकी संसदीय इतिहासमा हालसम्म तीन राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग प्रस्तुत भएको छ । यसमा एन्ड्रयू जोनसन, बिल क्लिन्टन र डोनाल्ड ट्रम्प रहेका छन् । रिचर्ड निक्सनले भने महाभियोगबाट बच्न पहिले नै पदबाट राजीनामा दिएका थिए ।

२५ Jan २०२१ , ११:२३am
हाम्रो आवाज