नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
प्रतिनिधिसभा विघटनविरुद्धको नागरिक मार्चमा भएको प्रहरी दमनप्रति प्रचण्ड नेपाल पक्षले निकाले विज्ञप्ति

प्रतिनिधिसभा विघटनविरुद्धको नागरिक मार्चमा भएको प्रहरी दमनप्रति प्रचण्ड नेपाल पक्षले निकाले विज्ञप्ति

 माघ १२, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड नेपाल समूहले  नागरिक मार्चमा भएको प्रहरी दमन बिरुद्ध  भत्र्सना  गरेको छ  ।

नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले  आज एक बिज्ञप्ती  जारी गर्दै प्रहरी दमनको भत्र्सना गरेका हुन् । बिज्ञप्ती मार्फत सरकार निरंकुश चरित्र उदांगो भएको प्रचण्ड नेपाल समूहले जनाएको छ । समूहले  नागरिक आन्दोलनप्रति सम्मान पनि प्रकट गरेको छ ।

नागरिक अगुवा र अधिकारकर्मीहरुले आज एक कार्यक्रम आयोजना गर्दै प्रतिनिधिसभा  बिघटनको बिरोध गरेका थिए । उक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपको क्रममा दर्जनौ अभियान्ताहरु घाइते भएका थिए । प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार समेत गरेको थियो ।

 

२५ Jan २०२१ , ८:५७pm
उर्मिला गम्वा थारु