नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
वीरेन्द्र अस्पतालको खोप केन्द्र प्रधानमन्त्री ओलीद्वारा अवलोकन

वीरेन्द्र अस्पतालको खोप केन्द्र प्रधानमन्त्री ओलीद्वारा अवलोकन

माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरेन्द्र अस्पतालस्थित कोभिड १९ रोग विरुद्धको खोप केन्द्र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार खोप केन्द्रको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सेनाका वलाधिकृत रथी प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो ।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले सैनिक अस्पतालमा कार्यरत  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरेका थिए । सो केन्न्द्रमा आज १४० जना र उपत्यका बाहिरका अन्य सैनिक अस्पतालहरुमा ३७ जना गरी जम्म १७७ जनाले खोप लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

२७ Jan २०२१ , ७:२५pm
हाम्रो आवाज